काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कार्यरत खत्रीलाईनै सीइओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
जेठ ३ गतेदेखि लागू हुने गरी खत्रीलाई थप ४ वर्षका लागि करारमा पुनः नियुक्त गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।