काठमाडौं। काठमाडौंस्थित होलिडे इन एक्सप्रेस, होटलले सञ्चालनमा ल्याएको फु–एशियन रेष्टुरेन्टले एशियन हाई टी र परम्परागत चिनियाँ परिकार सहितको सेवा शुरू गरेको छ । फु–एशियनमा नौ भन्दा बढी प्रकारका उच्च स्तरीय चिनियाँ चियासहित चिनियाँ ‘डिम सम’ मेनु उपलब्ध हुने होलिडे इन एक्सप्रेसले एक प्रेस विज्ञप्तिमा जनाएको छ । चिया र डिम समको जोडी मिलाएर प्रदान गरिने सेवाले ग्राहकले उत्कृष्ट स्वादको अनुभव गर्न पाउने कम्पनीले बताएको छ । चिया तथा डिम समको खानेकुरा होलिडे इन एक्सप्रेसले सेप्टेम्बर १५ देखि ग्राहकका लागि तयार गर्न थालेको हो ।
उच्च गुणस्तर र स्वादका लागि लोकप्रिय यो सेवाबाट अतिथिले अनुपम स्वादको अनुभवसहित चिनियाँ संस्कृतिसँगको सामीप्य महसूस गर्ने अपेक्षा गरिएको छ ।