काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गरे ।
विनियोजन विधेयक-२०८२ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरूले कतिपय मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै परिस्कृत गरेर लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
खर्च कटौतीको प्रस्तव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले ‘भिजिट भिसा’ प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गरे । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए । रासस