काठमाडौं । काठमाडौंमा आयोजित अमेरिकी सोयाबीन निर्यात परिषद् (यूएसएसईसी)को विशेष ‘चिकेनोमिक्स’ कार्यक्रमले अमेरिकी सोयालाई दाना प्राथमिक सामग्रीको रूपमा प्रयोगलाई अवसरको रूपमा लिन सकिने निष्कर्ष निकालेको छ ।
अमेरिकी सोयाको उच्च गुणस्तरका साथै यसमा रहेको उच्च ऊर्जा र प्रोटिन स्तरले दानाको लागतलाई समयानुकूल परिमार्जनमा सहयोग पुर्याउनुका साथै नाफालाई वृद्धि गर्ने बताइएको छ । विश्वव्यापी बजारमा यसको प्रतिस्पर्धी मूल्यका कारण यस क्षेत्रमा अमेरिकी सोयाको मागमा वृद्धि भएको पनि देखिएको कार्यक्रमले जानकारी दिएको छ ।
नेपालमा अग्रणी कुखुरा उत्पादक भ्याली ग्रुपले आफ्नो प्याकेजिङमा ‘फेड विथ सस्टेनेबल यूएस सोया’ लेबल लगाउँदै आएको बताइएको छ । यूएसडीएको तथ्यांकअनुसार बंगलादेशमा अमेरिकी सोयाबीनको आयात गतवर्षको तुलनामा ३६ दशमलव २ प्रतिशतले बढेको छ । यसैगरी, भारतमा अमेरिकी सोयाबीन तेल १ लाख ११ हजार ५०० एमएमटी विक्री भएको बताइएको छ । यसले बजारको विस्तारित प्रभावलाई देखाउने कम्पनीको दाबी छ ।
क्षेत्रीय माग बढ्दै गएको बारे टिप्पणी गर्दै, यूएसएसईसीका दक्षिण एसिया र उप–सहारा अफ्रिका (एसएएएसएसए) का क्षेत्रीय निर्देशक केभिन रोएपकेले सन् २०२५ अमेरिकी सोयाका लागि सुखद् शुरुआत भएको बता । उनले भने, ‘हामी हाम्रा ग्राहकले राखेको विश्वासको कदर गर्छौं र यो क्षेत्रभर खाद्य तथा पोषण सुरक्षालाई अघि बढाउन प्रतिबद्ध छौं । हामी यसलाई उद्योगहरूसँगको साझेदारीलाई सुदृढ गर्न निर्णायक क्षणका रूपमा हेर्छौं ।’
अमेरिकी सोयाबीन किसान डेनिस फुजान, अमेरिकी सोयाबीन संघ (एएसए)का निर्देशक तथा काइल डरहम, निर्देशक, युनाइटेड सोयाबीन बोर्ड (यूएसबी)का निर्देशक कायल डुरहामले दिगो खेती अभ्यासले गर्दा नै अमेरिकी सोयाले लाभ प्राप्त गर्न सफल भएको दाबी गरे । कुखुरा उद्योगमा उच्च नाफा र दिगोपन स्थापना गर्नका लागि सधैं प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।
यूएसएसईसीले ८० भन्दा बढी देशमा गुणस्तरका आधारमा अन्य विकल्पभन्दा भिन्न रही प्राथमिकता बढाउँदै व्यापार अभिवृद्धि गर्दै लगेको बताइएको छ । यसले अमेरिकी सोयाको विश्वव्यापी उपयोगलाई प्रोत्साहन गर्ने बताइएको छ । अमेरिकी सोया किसान, प्रोसेसर, ढुवानीकर्ता र सम्बद्ध कृषि व्यवसायसहित सम्पूर्ण सोया आपूर्ति शृंखलालाई प्रतिनिधित्व गर्दै यूएसएसईसी विश्वभर अमेरिकी सोयालाई विश्वसनीय, दिगो पोषण र ऊर्जाको स्रोतको रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताइएको छ ।