यति बेला प्ले ग्रूप/नर्सरीमा भर्ना र प्राथमिक, माध्यमिक तहका विद्यार्थीको अन्तिम परीक्षा शुरू भएको छ । अन्तिम परीक्षापछि कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई उत्कृष्ट अध्यापन तथा पूर्वाधारयुक्त विद्यालयमा भर्ना गर्ने चाहना बनाएका हुन सक्छन् ।
अभिभावकलाई लाग्छ, आफ्ना छोराछोरीले परीक्षामा कम नम्बर अर्थात् ग्रेड ल्याए वा चाहेजस्तो उत्कृष्ट हुन सकेनन् आदि । तर, कतिपयले छोराछोरीलाई एक वचन नसोधी विद्यालय फेर्ने निर्णय गर्छन् । केही विद्यालयमा शिक्षक छिटो छिटो परिवर्तन हुने गर्छन् । बालबालिकालाई भने फरक फरक शिक्षकको पढाउने र बुझाउने शैलीमा अभ्यस्त हुन समय लाग्न सक्छ ।
अभिभावकहरू बालबालिकाको गुणस्तरीय शिक्षाका लागि विद्यालय छनोट गरेर भर्ना गरिदिन्छन् । तर, विद्यालयमा विद्यार्थीले चाहेअनुसारको सिक्ने वातावरण पाए/नपाएकोतर्फ अभिभावक र सम्बन्धित विद्यालयले कमै मात्र ध्यान दिन्छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)लगायत ५२ ओटा सङ्घसंस्थाले गरेको एक सर्वेक्षणले बालबालिकाको भविष्यसँग सम्बन्धित यस्ता प्रश्नलाई केही सार्थकता दिएको छ ।
३५ ओटा जिल्लाको विभिन्न विद्यालयमा गरिएको ‘मैले चाहेको सिक्ने वातावरण अभियान’ नामक उक्त सर्वेक्षणले बालबालिकाको सिकाइ वातावरण विद्यालय वा शिक्षण संस्थामा मात्रै सीमित नभई घरपरिवार र समुदायको स्थितिमा पनि निर्भर रहने देखाएको छ । समग्र बालबालिकालाई विद्यालयसम्म ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्न साझा पहल कदमीका लागि आवश्यक रणनीति र कार्ययोजना बनाउन यो सर्वेक्षण गरिएको बताइएको छ ।
बालबालिकाको रोजाइलाई प्राथमिकता दिएको उक्त सर्वेक्षणमा शिक्षण–सिकाइ प्रक्रियास“ग सम्बन्धित बाधाअड्चन र समस्याबारे १७ प्रतिशत सहभागीले शिक्षकहरू समयमा विद्यालय नआइदिँदा नियमित कक्षा हुन नसक्नु, दक्ष तथा विषयगत शिक्षक उपलब्ध नहुनु, शिक्षण प्रक्रियामा शैक्षिक सामग्रीको अभाव, प्रयोगात्मक शिक्षण विधिबाट पढाइ नहुने गरेको औंल्याएका छन् । यसैगरी सहभागीले कमजोर विद्यार्थीलाई विशेष सिकाइको व्यवस्था नभएको र शिक्षण–सिकाइ प्रक्रियास“ग सम्बन्धित बाधाअड्चन हुने गरेको बताएका छन् ।
बालबालिकाले चाहेको सिक्ने वातावरणका लागि भौतिक सुविधाको विस्तार हुनुपर्ने र स्वास्थ्य, सुरक्षा, बचावटका उपायको अवलम्बन गरिनुपर्नेमा विज्ञहरूको जोड रहँदै आएको छ ।
स्वास्थ्य सुरक्षा तथा बचावटका उपाय अवलम्बन गरिनुपर्ने
विद्यालयमा बालबालिकाले चाहेको समयमा सिक्ने वातावरणका लागि समय–समयमा स्वास्थ्य परीक्षणको व्यवस्था, बिरामी भए स्वास्थ्योपचारको सुविधा, आधारभूत औषधि एवम् उपचारका लागि आवश्यक सामग्रीसहितको प्राथमिक उपचार बाकस अनिवार्य रूपमा उपलब्ध हुनुपर्छ । विद्यालयमा नियमित सरसफाइको व्यवस्था, विद्यालयमा वितरण गरिने खानेपानी सफा, शुद्ध र निर्मलीकृत गरिएको हुनुपर्छ । ढलको व्यवस्था तथा शौचालयमा पर्याप्त पानीको व्यवस्था हुनुपर्छ ।
यसैगरी विद्यालयमा शारीरिक दण्डसजाय, गालीगलौज, दुव्र्यवहार तथा धूमपान, सुर्ती, खैनी एवम् लागू पदार्थको सेवन गर्न वा सेवन गरी विद्यालयमा आउन प्रतिबन्ध हुनुपर्नेमा पनि सहभागीले जोड दिएका छन् । साथै, कक्षाकोठा बढी तातो र बढी चिसो हुन नहुने, उज्यालो र हावाको प्रबन्ध भएको तथा विद्यालय वरिपरि पर्खाल वा घेराबार लगाउनुपर्ने र भवन भूकम्प प्रतिरोधात्मक हुनुपर्ने औंल्याइएको छ ।
शिक्षण–सिकाइ प्रक्रियामा सुधार
सबैजसो जिल्लामा बालबालिकाले चाहेको जस्तो सिक्ने वातावरण बनाउन शिक्षण–सिकाइका विभिन्न पक्षमा सुधार गरिनु आवश्यक छ ।
शिक्षकहरू नियमित रूपमा विद्यालयमा उपस्थित हुनुपर्ने, पूरा समय पढाइ हुनुपर्ने, शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्नुपर्ने, शिक्षकहरू तालीमप्राप्त हुनुपर्ने, अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन हुनुपर्ने, गृहकार्य ठीकसँग गरे/नगरेको शिक्षकबाट नियमित जाँच गर्नुपर्ने र छलफल तथा प्रयोगात्मक विधिबाट पढाइ हुनुपर्नेमा शिक्षाविद्हरूले प्राथमिकता दिएका छन् । यस्तै, विद्यार्थीको मनोभावना बुझेर पढाउन र कमजोर विद्यार्थीको सिकाइका लागि विशेष शिक्षण विधि अपनाउन सहभागीले सुझाएका छन् ।
बालमैत्री वातावरण
विद्यालयमा केटा र केटीका लागि छुट्टाछुट्टै शौचालय हुनुपर्छ र शौचालय बालबालिकामैत्री हुनुपर्छ ।
बालबालिकाले शिक्षकसँग राख्ने अपेक्षा
- सबैलाई माया गरेर पढाउने
- शारीरिक–मानसिक दण्ड सजाय नदिने
- विद्यालयभित्र धूमपान र मद्यपान नगर्ने
- विद्यालयमा नियमित उपस्थित हुने
- पूरा समय कक्षा सञ्चालन गर्ने
- शैक्षिक सामग्री प्रयोग गरी कक्षा लिने
- कमजोर विद्यार्थीलाई विशेष ध्यान दिने
- अध्यापन गर्दा छलफल तथा प्रयोगात्मक विधि अपनाउने
- केटा र केटीमा भेदभाव नगर्ने
- छात्राहरूलाई पनि अतिरिक्त क्रियाकलापमा सहभागी गराउने
- विद्यालयको नियमित सरसफाइ गर्ने
- शारीरिक दण्ड सजाय, गालीगलौज र दुव्र्यवहार नगर्ने
- धूमपान, सुर्ती, खैनी एवम् लागूपदार्थको प्रयोगमा बन्देज गर्ने
- शिक्षक विद्यार्थी नियमित रूपमा विद्यालय उपस्थित हुने
- पूरा समय पढाइ गर्ने
- नियमित रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने
- विद्यार्थीले गरेका गृहकार्यको नियमित जा“च गर्ने
- छलफल तथा प्रयोगात्मक विधिबाट पढाइ गर्ने
- कमजोर विद्यार्थीलाई विशेष ध्यान दिने
- केटा र केटीहरूका बीचमा कुनै भेदभाव नगर्ने
- केटीहरूलाई जिस्काउन बन्देज लगाउने
- बालिकालाई पनि अतिरिक्त क्रियाकलापमा सहभागी गराउने
- बालविवाह रोक्ने
- बालिकालाई पनि घरमा पढ्न समय दिने र नियमित रूपमा विद्यालय पठाउने
- विद्यार्थीहरू स्वयम् पनि अनुशासित हुने
- अभिभावक र शिक्षकका बीचमा राम्रो सम्बन्ध कायम गर्ने
- अभिभावकले समय–समयमा विद्यालयमा गएर आफ्ना छोराछोरीको प्रगति बुझ्ने
- घर–परिवारमा राम्रो सम्बन्ध कायम गर्ने
- समुदायमा हो–हल्ला र झै–झगडा नगर्ने
- विद्यालय र समुदायबीच राम्रो सम्बन्ध कायम गर्ने
- विद्यालयभित्र र बाहिर दलित, जनजाति, अपाङ्गता भएका, गरीब पृष्ठभूमिका बालबालिका र अन्य बालबालिकाका बीचमा कुनै भेदभाव नगर्ने
- यौन हिंसा अन्त्य गर्ने
- समयमै बालबालिकालाई तयार गरी विद्यालय पठाउन