कोलम्बो (श्रीलंका) । श्रीलंकामा राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले दुईतिहाइ सिट जितेको छ ।
श्रीलंकाको समाचार संस्था डेली मिरर का अनुसार उक्त गठबन्धनले हालसम्म १५९ सिट जितिसकेको छ । जसमध्ये १४१ सांसद प्रत्यक्ष निर्वाचित भएका छन् भने १८ जना समानुपातिक प्रणालीबाट छानिएका छन् ।
२२५ सदस्यीय संसदमा दुईतिहाइका लागि १५० सिट आवश्यक पर्छ । उक्त सदनमा बहुमतका लागि भने ११३ सिट चाहिन्छ ।
श्रीलंकामा संसदको १९६ सिटका लागि बिहीवार मतदान भएको थियो । संसदको बाँकी २९ सिटमा भने समानुपातिक प्रणालीबाट सांसद छानिन्छन् । एजेन्सीको सहयोगमा