काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । समितिको शुक्रवार बसेको बैठकबाट विधेयक पारित गरिएको हो ।
विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउने र कुलिङ पिरियड २ वर्ष राख्ने प्रावधानसहित विधेयक पारित गरेको हो ।
यो विधेयक कानून बनेमा अब निजामती सेवाबाट अवकाश भएको २ वर्षसम्म राज्यका कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक निकायमा नियुक्ति हुन पाइने छैन ।
अवकाश नहुँदै अर्को महत्त्वपूर्ण निकायमा नियुक्त हुने प्रवृत्ति रोक्न यस्तो प्रावधान राखिएको हो । त्यस्तै ५८ वर्षमा अवकाश हुनेमा अब ६० वर्ष राखिएको छ । यो ६० वर्षे प्रावधान एकैपटक नभएर क्रमशः लागू हुनेगरी तय भएको छ ।