भदौ ७, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामार्फत संविधान निर्माणमा सरिक हुन संविधानसभामा र बाहिर रहेका राजनीतिक दललाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतवार साँझ देशवासीका नाममा सन्देश दिदै आपसी वार्ता, सहमति, सहकार्यबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दैै सविधानसभामार्फत संविधान निर्माणमा सरिक हुन संविधानसभा भित्र र बाहिर रहेका राजनीतिक दल, नागरिक समाज सहित सबै नेपालीलाई आह्वान गरेका हुन् । उनले संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्न सकिन् हुँदा संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् । रासस