काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम स्टिल्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि यही असार २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयको सभाहलमा बिहान ११ बजे विशेष साधारण सभा शुरु हुनेछ ।
सभाले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने र सोही बराबर चुक्तापूँजी हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि गरेको छ ।
यस कम्पनीले सर्वसाधारणमा १२ दशमलव ६६३ प्रतिशत आईपीओ जारी गर्ने तयारी स्वरुप विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।