सुनको मूल्य फेरी नयाँ किर्तिमान नजिक, यस्तो छ आजको बजार भाउ

फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी नयाँ किर्तिमानी नजिक पुगेको छ  ।  सुनचाँदीको बजार भाउ तोक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवारको लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४०० कायम भएको छ । बुधबार प्रतितोला १ लाख ४७ हजार ८०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । यस अघि गत साउन २ गते सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो । 

चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८०० निर्धारण भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।