काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ‘विद्यार्थीसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’ कार्यक्रम गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा २४० भन्दा बढी विद्यार्थी सहभागी थिए । युवा तथा विद्यार्थीमा वित्तीय सचेतना जगाउने, वातावरण संरक्षण गर्ने र ३ शून्य (शून्य खुद कार्बन उत्सर्जन, शून्य गरीबी र शून्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले संस्थाको शाखा कार्यालय साँखुले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । त्यस्तै संस्थाका प्रबन्धक सुमन श्रेष्ठले स्रोत व्यक्तिको रूपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शून्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक सञ्जीव श्रेष्ठ लगायत शिक्षक, अभिभावक, शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो ।