काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमका लागि दुईओटा ठूला (वाइडबडी) जहाज खरीदमा १ अर्ब ४७ करोड १०) लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले बिहीवार राति फैसला गर्दै जहाज खरीदमा भ्रष्टाचार भएको ठहर गरेको हो ।
अदालतले तत्कालीन निगमका महाप्रबन्धक सुगनरत्न कंसाकार, निगमका तत्कालीन अध्यक्षसमेत रहेका पर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्व अर्थसचिव शिशिर ढुंगाना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो ।
अदालतले सरकारका चार कर्मचारीसहित चारजना विदेशी कम्पनीका विभिन्न व्यक्तिलाई पनि दोषी ठहर गरेको छ।
निगमका दुईवटा वाइडबडी जहाज खरीदमा सो रकम बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही समेत गरि ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
कांग्रेस नेता शाहीलाई भने अदालतले सफाइ दिएको छ ।