काठमाडौं। मुक्तिनाथ विकास बैंक लि. र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालीम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई नेपालका देशीय निर्देशक प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।
उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुवै संस्थाको साझेदारीले वित्तीय सुधारसहितको समावेशिता, ग्रामीण विकासमा टेवा, साना किसानलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन, गरीबी न्यूनीकरण लगायत क्षेत्रमा योगदान पुग्ने बताइएको छ ।