जेठ १३, पाँचथर । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरेको मध्य पहाडी लोकमार्गको कामलाई पाँचथरमा भने विवादित बनाएर अन्यौलमा पारिएको छ ।
लोकमार्गको जोरसाल देखी तमोर सडक खण्डको कालोपत्रे कामलाई ढुङ्गा तथा गिटी उत्खनन्को विषयलाइ लिएर बारम्बार जिल्लामा विवादित बनाइदा काम अन्यौलमा परेको हो । निर्माण कम्पनीले लोकमार्ग कालोपत्रे गर्न प्रयोग गर्ने ढुङ्गा तथा गिटी निकालेको क्षेत्र सडक र वनको क्षेत्राधिकार विवादका कारण अनयौल सृजना भएको हो । भू–क्षय हुन सक्ने लगायतका कारण देखाउदै वन कार्यालय तथा जिल्ला विकास समितिको कार्यालयमा समेत उजुरी परेपछि पहिले आफैंले उत्खनन् गर्र्न दिएको क्षेत्र जिल्ला विकास समिति अन्र्तगतको अनुगमन समितिले रोक्न आदेश दिएको थियो ।
पछि स्थानियहरुको नामबाट जिल्ला अदालत पाँचथरमा जिल्ला विकास समिति, अनुगमन समिति, जिल्ला वन कार्यालय, फिदिम नगरपालिका र निर्माणको जिम्मा पाएको याक्थुम्हाङ्ग निर्माण सेवा विरुद्ध कोइरी उत्खनन्मा रोक लगाइ पाउँ भन्ने मुद्धा परेको थियो । तर जिल्ला अदालतले सो क्षेत्रको स्थलगत निरिक्षण गरी बस्ती भन्दा टाढा रहेको र उक्त स्थानमा उत्खनन गर्दा कुनै भू–क्षय हुने अवस्था नदेखिएको भन्दै जेष्ठ १० गते विपक्षिहरुको रिट खारेज गर्ने फैसला गरेको थियो । फैसला भएसंगै निर्माणको काम सुचारु गरेको निर्माण सेवालाई पुनः प्रहरी परिचालन गरेर काम रोकिएको छ ।
न्यायलयको फैलसा विरुद्ध प्रशासन जानु दुःखद रहेको सरोकारवालको भनाइ
न्यायलयले गरेको फैसलालाई कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयले नै प्रहरी परिचालन गरेर काम रोक्नु दुःखद रहेको स्थानिय बताउछन् । निर्माण ब्यावसायी सङ्घ पाँचथरका सचिव सुर्य बाँस्कोटा यो भन्दा हाँस्यास्पद अवस्था अरु के हुन सक्छ ? भन्दै प्रशासन माथि प्रश्न गर्छन् ।
अदालतले स्थलगत निरिक्षण गरेर उक्त ठाउँ उत्खनन् गर्दा फरक नपर्ने भन्ने खालको फैसला गर्छ तर वन कार्यालय, प्रशासन र प्रहरी पुःन रोक्न खोज्छ, यो कहाँसम्मकोे अवस्था हो ? पत्रकार जितेन्द्र भण्डारीले गुनासो गरे । न्यायलयको फैसला विरुद्धनै कार्यान्वायन गर्ने निकाय जानाले आम मानिसले न्यायलयको फैसला कार्यान्वायन हुनेमा कति अपेक्षा गर्ने भन्ने चिन्ता सरोकारवालाहलाई उब्जिएको छ ।
आधिकारीक जानकारी गराउनु पथ्र्यो : प्रशासन
यस विषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलसंग जानकारी लिन खोज्दा फैसलाको विषयमा आफूलाइ जानकारी नभएको बताए । आधिकारीक पत्र नआएसम्म जानकारी नहुने उनको तर्क छ । तर रिट खारेज गर्ने अदालतको निर्णय सम्बन्धि गोरखापत्र लगायत अन्य थुप्रै अनलाइन मिडियामा सोमबार विहानै समाचार प्रकाशित भैसकेको छ । न्यायलयको निर्णय विरुद्ध प्रशासन गएको जस्तो देखीयो नी त ? भन्ने अभियानको प्रश्नमा आक्रोशित हुँदै प्रजिअले “भाइ तपाँइ आफूले आफूलाइ पत्रकार भन्ने अनि यस्तो सतहि कुरा गर्ने” भनेर उल्टै प्रतिप्रश्न गरेका छन् ।
उपभोक्ता अन्यौलमा
मध्य पहाडी लोकमार्गको काम चाँडै सम्पन्न होला र यो दशैंमा गाडी घरै सम्म आउला भन्ने आशा थियो तेह्रथुम आठराइका दुर्गा लिम्बूलाई । तर, बारम्बार काम विवादित बन्दा उनको आशा मरिसकेको छ । पर्यटकीय क्षेत्र को रुपमा चिनिने माझिटार (तमोर नदि) सम्म फिदिमबाट कालोपत्रे सडक भए पनि उक्त क्षेत्रमा ब्यापार ब्यावसाय तथा आन्तरिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको सुनाउछन् फिदिमका सिकुम लिम्बू ।
यो सिजनमा बाटो राम्रो हुने हो भने दैनिक करीब २० जनाभन्दा बढि आन्तरीक पर्यटक माछा मार्न, पौडि खेल्न समेत त्यस क्षेत्र जाने अनुभव लिम्बूसंग रहेको छ । तर काम बारम्बार विवादित बन्नाले उनि समेत अन्यौलमा परेका छन् ।
भौगोलिक अवस्थिती :
हाल मेची राजमार्ग अन्र्तगत रहेको उत्खनन् क्षेत्र मध्य पहाडी लोकमार्गकै सडक खण्ड अन्र्तगत पर्दछ । पाँचथर चिवा भञ्ज्याङ देखी गणेशचोक सम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको छुट्टै सडक छ भने गणेशचोक देखी जोरसाल बजार सम्म हालको मेची राजमार्गकै सडकलाई मध्यपहाडी लोकमार्ग बनाइएको छ ।
मध्य पहाडि लोकमार्गको सडकको आकार ठूलो छ भने हालको मेची राजमार्ग सानो मात्रै सडक छ । जसको कारण पनि भविष्यमा मध्यपहाडी लोकमार्ग सुचारु भएपछि उत्खनन् गरिएको क्षेत्रको सडक (हालको मेची राजमार्ग) बढाउनु पर्ने अनिवार्य हुन्छ । हाल निर्माण कम्पनीले उत्खनन् गरिरहेको क्षेत्र साघुँरो बाटो भएको तथा गोलाइमा पर्ने भएकोले पहिले त्यस क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको थिए तर हाल सडकको भित्ता पट्टिको भागबाट ढुङ्गा उत्खन्न गरेपछि सडक फराक भइ दुर्घटना समेत कम भएको छ ।
राष्ट्रिय गौरवको आयोजनामा सरकारी पक्षबाटै असहयोग हुनु दुःखद : ब्यवसायी
जिल्लाका निर्माण ब्यावसायीहरु भने सरकारले विशेष प्राथमिकतामा राखेको मध्य पहाडी लोकमार्ग निर्माणको कामलाई सरकारी निकायहरुबाटै असहयोग हुनु दुःखद रहेको बताउछन् ।
निर्माण ब्यावसायी सङ्घ पाँचथरका कार्यावाहक अध्यक्ष विरेन्द्र नेम्वाङले भने, ‘हामिले सडक बनाउने वालुवा, गिटी, सडकबाट नल्याएर कहाँ बाट ल्याउने ?’ ब्यक्तिगत रिसिइविकोे कारण यत्रो आयोजनमा खेलवाड गर्न नहुने उनको तर्क छ । अर्का निर्माण ब्यावसायी वल थापाले सडकको किनाराको ढुङ्गा उत्खनन् गरेर कसैको घरमा प्रयोग भएको भए विरोध गर्न सुहाउथ्यो तर, सडकको सामाग्री सडकमै प्रयोग हुँदा समेत कामको विरोध गर्नु भनेको विकास नचाहाने हरुको जिकिर मात्रै रहेको सुनाउँछन् ।
हामीले प्रकृया पुरा गरेका छौ तर पनि बारम्बार दुख दिने काम भैरहेको छ : निर्माण कम्पनी
निर्माण कम्पनीले भने आफुहरुले सम्पूर्ण प्रकृया पुरा गरेता पनि पटक पटक दुख दिने काम भैरहेको गुनासो गरेको छ । सुरुमा उक्त वन क्षेत्रका उपभोक्तालाई वनको विकासमा खर्चिने गरी २ लाख रुपैया दिने सम्झौता भएको र सो बमोजिम उनिहरुलाई भुक्तानि गरेको साथै जिल्ला विकास समितिमा समेत आवश्यक निवेदन दिएर जिल्ला अनुगन समितिको निर्णय बमोजिम कर समेत तिर्दै उत्खनन् गर्दै आएकोमा एकाएक जिविसले पहिले उत्खनन् गरेको क्षेत्रमा रोक्ने आदेश दिएको र सडकको उत्खनन् गर्न दिने निर्णय माग गरेको र आफुहरुले सो बमोजिम गर्दा समेत पटक पटक दुख दिने काम भैरहेकोले उक्त निकायहरुको नियती माथि नै शंका गर्नु पर्ने स्थिती आएको निर्माणको जिम्मा पाएको याक्थुम्हाङ्ग निर्माण सेवाका प्रवन्ध निर्देशक तेजकुमार कुरुम्वाङ्गले अभियानलाइ बताए ।
अदालतको फैसला भएको भोलिपल्ट प्रशासनले प्रहरी लगाएर काम रोकेपनि निर्माण ब्यावसायीले आन्दोलन गर्ने तथा जिल्लाका विकास प्रेमी मानिसहरुको विरोध तिब्र बनेपछि हाल निर्माण कम्पनीले कडा सुरक्षा कायम राख्दै काम सञ्चालन गरिरहेको छ । तर पुन पनि आयोजनालाई विवादित बनाउने तयारी भैरहेको गोप्य श्रोतको दावी छ ।
११ किलोमिटर लम्बाइ भएको सो क्षेत्र श्रावण भन्दा अगाडीनै ६ किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको थियो । काम सुरुभएको ३० महिना भित्रमा सक्नुपर्ने भएपनि कतै बाट अवरोध नआएको भए निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने गरी काम भैरहेको तर अब निर्धारित समयमा समेत काम सम्पन्न गर्न मुस्किल भएको निर्माण कम्पनीले जानकारी दियो । अहिले नाली टेवा पर्खाल, ग्रेट कटिङ, ग्राभेल तथा जालीको काम सकिएको छ । यस वर्ष मध्यपहाडि लोकमार्ग अन्र्तगत ३५ किलोमिटर कालोपत्रे गर्ने, ६० किलोमिटर ग्राभेल गर्ने र ३० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने ठेक्का सम्झौता भइसकेको छ । यो लोकमार्ग पाँचथरको चिवा भन्ज्याङ देखि वैतडीको झुलाघाटसम्म १ हजार ७ सय ५३ किलोमिटर लामो छ । यो नेपालको अहिलेसम्मको सवैभन्दा लामो लोकमार्ग समेत होे ।