टोकियो । जापानमा विवाह गर्नेको सङ्ख्या कम हुँदा सन् २०५० सम्ममा झन्डै ६ करोड जापानी नातेदारविहीन हुने आँकलन गरिएको छ । सन् २०५० सम्ममा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तविहीन हुने हालै सार्वजनिक एक रिपोर्टले देखाएको छ ।
जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको सङ्ख्या ४४ लाख ८० हजार छ । सन् २०५० सम्ममा यो सङ्ख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
क्योदो न्यूजका अनुसार जापानमा विवाह गर्नेको सङ्ख्या कम भएकाले वृद्ध जनसङ्ख्या बढ्दै गएको र यस्तो अवस्थामा अवस्थामा अस्पताल र हेरचाह गृहमा रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ । जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ताभित्रका नातेदारलाई दिएको छ ।
नेशनल इन्स्टिच्युट अफ पपुलेशन एण्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्याङ्कमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमाअन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकताको रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा तीन करोड ४० हजार देखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ। (रासस/एएफपी)