आईसीटी कन्फरेन्स २०११' को तयारी पूरा
माघ १० काठमाडौं (अस)।'एघारौं आईसीटी कन्फरेन्स २०११'को तयारी अन्तिम चरणमा पुगेको छ । कन्फरेन्सका संयोजक विनोद ढकालले दिएको जानकारीअनुसार अहिले सहभागीहरुको नामावली तयार पार्ने काम भइरहेको छ । 'नाम दर्ता आगामी माघ १५ गतेसम्म गरिनेछ' उनले भने ।
कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानको आयोजनामा प्रत्येक वर्ष साचालन हुने यो कार्यक्रममा अहिलेसम्म ५० जनाले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् । कन्फरेन्स माघ १९ र २० गते दुई दिनसम्म चल्नेछ । कन्फरेन्स साचालनका लागि रु.५ लाख लाग्ने बताइएको छ ।
कन्फरेन्समा विभिन्न नौओटा विषयमाथि सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र प्रस्तोताबारे छलफल भइरहेको आयोजकले बताएको छ । कन्फरेन्समा ई-गभर्नेन्स ई-टुरिजम ई-एजुकेशन ई-हेल्थ ई-सेक्युरिटीजस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै ई-रेडियण्ट कनेक्टिभिटी ई-एक्सपर्ट ई-बिजनेश र ई-इण्टरटेनमेण्टमा पनि कार्यपत्र प्रस्तुत गरिनेछ । कन्फरेन्सको पहिलो दिन माघ १९ गते दिउँसो ३ देखि ५ बजेसम्म 'बिल्डिङ ई-नेपालः प्रस्पेक्टस एण्ड च्यालेञ्जेज' विषयमा युवा सभासद्हरुको सहभागितामा एक छलफल कार्यक्रम पनि गरिनेछ । यसमा सहभागिताका लागि अहिले सभासद् चयनको काम भइरहेको छ । अहिलेसम्म युवा सभासद् गगन थापा कृष्ण सापकोटा प्रल्हाद र वृन्दा पाण्डे सहभागी हुने निश्चित भइसकेको आयोजकले बताएको छ ।
कन्फरेन्सको दोस्रो दिन माघ २० गते दिउँसो ३ देखि ५ बजेसम्म 'नलेज बेष्ड सोसाइटी २०१५' कार्यक्रमलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ । कार्यक्रममा सरकारका सचिवस्तरका कर्मचारी सहभागी हुनेछन् । छलफल कार्यक्रमको जिम्मा पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले लिएका छन् । सन् २०१५ सम्ममा सूचनाप्रविधिका क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुनेछ । कार्यक्रममा बैङ्क स्कूल तथा कलेजबाट पनि सहभागी हुनेछन् । कार्यक्रमले सूचनाप्रविधिको विकासका लागि आवश्यक नीति तयार पार्न सहयोग गर्नेछ । कार्यक्रममा सहभागी हुनका लागि क्यानले आफ्ना सदस्यलाई २ हजार रुपैयाँ र अन्यलाई ३ हजार रुपैयाँ तोकेको छ । सूचनाप्रविधिको विकासमा छलफल कार्यक्रमले खाका तयार पार्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बढीमा १ सय ५० जनासम्म सहभागी हुन सक्ने आयोजकले जानकारी दिएको छ ।
हाशीको नयाँ नोटबूक
माघ १० काठमाडौं अस । हाशी ब्राण्डको 'क्लास ४५' मोडलको नयाँ नोटबूक बजारमा आएको छ । सागर इन्फोसिस प्रालिले दुई साताअघि बजारमा उपलब्ध गराएको यो नोटबूक अन्य ब्राण्डको तुलनामा सस्तो र गुणस्तरीय भएको कम्पनीको दाबी छ ।
११ दशमलव ६ इन्च स्क्रिन भएको यो नोटबूकमा 'एलईडी ब्याकलाइटुको सुविधा छ । यसमा 'इण्टेल पेण्टियम यूएलभी यू ५४००' को १ दशमलव २ जीबी प्रासेशर ३ सय २० जीबीको 'साटा हार्ड डिस्कु रहेको कम्पनीले बताएको छ । नोटबूकमा दुई जीबीको 'डीडीआर २' मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । यस मोडलमा १ दशमलव ३ मेगापिक्सेल क्षमताको 'वेभ क्यामु रहेको छ । त्यस्तै यसमा कार्ड रिडर पनि प्रयोग गर्न सकिन्छ । नोटबूक देशका सबैजसो क्षेत्रमा उपलब्ध गराइसकेको कम्पनीले बताएको छ । नोटबूकमा ल्यान यूएसबी भीजीए माइक हेडफोनको प्रयोग गर्ने सुविधा छ । ६ सेल ब्याट्री भएको यो नोटबूक एकपटक पूरा चार्ज गरिसकेपछि साढे चार घण्टासम्म चलाउन सकिन्छ । एकपटक पूरा चार्ज हुन एक घण्टा समय लाग्छ ।
हाल यो नोटबूक 'सिल्भरु रङमा मात्र उपलब्ध छ । कम्पनीका अनुसार यो नोटबूकको बजारमूल्य रु.४५ हजार पर्छ । व्यावसायिक क्षेत्रका व्यक्तिलाई लक्षित गरी ल्याइएको नोटबूक प्रयोगकर्ताले मन पराएको कम्पनीले बताएको छ । यो नोटबूक चीनबाट आयात गरिन्छ । १ केजी तौल भएको यो हलुका नोटबूकमा सीडीको प्रयोग गर्न सकिँदैन । नोटबूकमा कम्पनीले २ वर्ष र ब्याट्रीमा १ वर्षको वारेण्टी दिएको छ ।
डीआरजीईएम ब्राण्डको एक्सरे मेशिन बजारमा
माघ १० काठमाडौं अस । डीआरजीईएम कर्पोरेशन कोरियाको उत्पादन 'डायमण्डु ब्राण्डको नयाँ डिजिटल एक्स-रे मेशिन नेपाली बजारमा आएको छ । आशिका मेडी फर्मा नेपालले मेशिन बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यो मेशिन गुणस्तरीय हुनुका साथै प्रयोग गर्न सजिलो छ । मेशिनले स्क्यान गरिएको तस्वीर मेमोरी कार्डमा सुरक्षित गर्छ । मेशिनले आईएसओ सीई एफडीए सीएसए र केएफडीएबाट समेत मान्यता प्राप्त गरिसकेको छ ।
यो डिजिटल रेडियोग्राफी मेशिनमा 'फिल्मलेसु प्रविधिको प्रयोग प्रयोग गरिएको छ । यसले अन्य साधारण मेशिनको तुलनामा कम रेडिएशन उत्पादन गर्छ जसले स्वास्थ्यमा हुने हानी पनि कम हुन्छ । मेशिनमा खिचिएको तस्वीर सानोठूलो बनाएर पनि हेर्न सकिन्छ । त्यस्तै मेशिनले खिचेको तस्वीर १० सेकेण्डमै हेर्न सकिन्छ भने तस्वीरलाई पेनड्राइभ सीडी डीभीडीमा पनि राख्न सकिन्छ । मेशिन डायमण्ड ५एसए १०-६४० एमए डायमण्ड ५ एसए १०-८०० एमए र डायमण्ड एसए १०-१००० एमए गरी विभिन्न तीन मोडलमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य रु.५० लाख १ करोड २० लाखसम्म पर्ने कम्पनीले बताएको छ ।
त्यस्तै कम्पनीले अर्को मोडल 'जीएक्सआर डाइगोनाष्टिकु पनि बजारमा ल्याएको छ । यो ब्राण्डमा एक्सरे मेशिन तीन मोडलमा बजारमा उपलब्ध छन् । तीन मोडलमा 'फ्लोर सिलिङ माउण्टेड ट्युबस्टुण्ड' 'फ्लोर माउण्टेड ट्युबस्टुण्ड' र 'सिलिङ माउण्टेड ट्युबस्टुण्ड' रहेका छन् । यसको बजारमूल्य रु.१४ देखि २५ लाखसम्म पर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।