असार १८, काठमाडौं (अस) । प्रदेश नं. ४ को स्थायी राजधानी पोखरा नै हुने भएको छ । सोमवार प्रदेश सभाको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेको छ ।
बैठकमा स्थायी राजधानीको विषयमा भएको छलफलमा अधिकांश सांसदले प्रस्तावको समर्थन गरेका थिए । यसअघि अस्थायी राजधानी पनि पोखरा नै तोकिएको थियो ।
प्रदेशको स्थायी राजधानी तोकिए पनि नामका विषयमा भने टुङ्गो लागिसकेको छैन । प्रदेशको नामको विषयमा भने मङ्गलवार र बुधवार संसद बैठकमा छलफल गरिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।