असोज २१, मुस्ताङ (अस) । नजिकिदै गरेको दशैंका लागि व्यापारीहरुले मुस्ताङबाट भेडा च्याङ्ग्रा पोखरा ल्याउन थालेका छन् । वर्षभरी मुस्ताङका विभिन्न भेगमा चराई दशैंमा व्यापारका लागि यहाँका भेडा च्याङ्ग्रा पोखरा हुँदै काठमाडौंलगायत देशका विभिन्न भागमा पुर्याउने गरिएको छ ।
दशैंको समयमा एउटा भेडा/च्याङ्ग्राको औसत २५ हजार रुपैयाँमा विक्री हुने गरेको व्यापारी बताउँछन् । कतिपय व्यापारीले चीनबाट समेत भेडा च्याङ्ग्रा ल्याउने गरेका छन् । चीनबाट ल्याउँदा एउटा भेडा/च्याङ्ग्राको २१ हजार रुपैयाँसम्म पर्ने गरेको व्यापारीको भनाइ छ ।
हरेक वर्ष दशैंको समयमा देशभर लाखौंको सङ्ख्यामा भेडा च्याङ्ग्रा खपत हुने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।