हुलाकी राजमार्गमा समयमै काम नसक्ने १० ओटा निर्माण कम्पनीलाई विभागले सोध्यो स्पष्टीकरण

Share News

पुस १२, काठमाडौं। हुलाकी राजमार्ग निर्माणमा संगलग्न १० ओटा निर्माण कम्पनीलाई सडक विभागले स्पष्टीकरण सोधेको छ।

विभागले तोकिएको समयमा काम नसकेको, बाह्य अवस्था सामान्य हुँदा पनि काम नगरेको र बारमबार पत्राचार गर्दासमेत सम्पर्कमा नआएकोले के कति कारणले निर्माणमा प्रगति हुन नसकेको हो भन्ने विषयमा स्पष्टीकरण दिन सात दिने सार्वजनिक सूचना जारी गरिएको छ।

समयमै स्पष्टीकरण नदिएमा वा स्पष्टिकरण चित्त नबुझेमा कानून अनुसार अघि बढ्ने विभागले चेतावनी दिएको छ।

स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा लामा/डाँफे/द कञ्चनजंगा जेभी, कान्छा राम/बाम्ती / देव एण्ड सायर जेभी, पीएस/गजुरमुखी/मोतिदान जेभी, याक्थुम्हाङ्ग/साप जेभी, भैरव/आश्रय जेभी,लामा/बाम्ती जेभी, अरनिको/लामा/बाम्ती जेभी, सपना/स्वच्छन्द जेभी र बाम्ती भण्डार निर्माण कम्पनीलाई १६ ओटा ठेक्कामा स्पष्टीकरण सोधिएको हो।

सबैभन्दा धेरै ठेक्का लिनेमा लामा/बाम्ती  जेभी र बाम्ती भण्डार निर्माण कम्पनी रहेका छन्। बाम्ती भण्डारले तीन पाँच ठेक्का लिदा लामा/बाम्ती जेभीले पाँच ओटा ठेक्का लिएको पाइएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।