सोलुखोला जलविद्युत् आयोजना परीक्षणको क्रममा २ जना इञ्जिनीयरको मृत्यु

Share News

पुस १२, काठमाडौं। सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला जलविद्युत् आयोजना परीक्षणको क्रममा २ जना इञ्जिनीयरको मूत्यु भएको छ।

मृत्यु हुनेमा इञ्जिनीयर सुवासराज रेग्मी र अर्जुन थापा रहेका छन्। सोमवार पानी भरिएको पेनस्टक पाइप परीक्षण गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो।

जलविद्युत् आयोजना निर्माणको क्रममा सानातिना त्रुटी हुनु सामान्य भएपनि आयोजना परीक्षणकै क्रममा दुर्घटना हुनु गम्भिर विषय भएको ऊर्ज उद्यमीहरुले बताएका छन्।

साहस ऊर्जा प्रालीले प्रवर्द्धन गरेको आयोजना निर्माण सकिएर परीक्षणको काम भइरहेको थियो। अन्य आयोजनाको तुलनामा प्रतिमेगावाट लागत कम हुने दावी गरिएको आयोजनामा भएको दुर्घटनाले कमसल निर्माण सामाग्री प्रयोग गरिएको र ईन्जिनियरिङ अध्ययनमै त्रुटी रहेको सरोकारवालाले दावी गरेका छन्।

आयोजनाका अनुसार सोलुखोलाको निर्माण लागत प्रतिमेगावाट १५/१६ करोड रुपैयाँ हाराहारी मात्रै रहेको थियो। आयोजनाले वार्षिक ५२० गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।