पर्यटन बोर्डका सीईओलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

Share News

पुस १४, काठमाडौं ।सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले बुधवार उक्त आदेश दिएको हो ।अदालतले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिंदै कारणसहित दुवै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध रेग्मीले अन्तरिम आदेश माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।