आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

Share News

चैत १५, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा-८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।