वैशाख १५, काठमाडौं। भारतीय ईलेक्ट्रिक बाईक उत्पादक कम्पनी ओला ईलेक्ट्रिकले आगोलागीको समस्या देखिएपछि बजारबाट स्कुटर फिर्ता लाने भएको छ ।
पछिल्लो समय यो कम्पनीका बाईकमा आगोलागी हुने गरेको समाचाहरु आएपछि एकै लटमा उत्पादन भएका १ हजार ४४१ यूनिट स्कुटर फिर्ता लैजाने भएको हो ।
कम्पनीले २६ मार्चमा भारतको पुनेमा यस्ता स्कुटरको परीक्षण गरेको थियो । पहिलो परीक्षणले ती स्कुटरमा यस्तो समस्या रहेको देखिएको बताइएको छ । कम्पनीले हाल बजारमा रहेका स्कुटर फिर्ता लगेर पुन: परीक्षण गर्ने भएको हो ।
‘यस्ता स्कुटरको हाम्रा ईन्जिनियरले पुरा जाँच गर्नेछन्,’ ओलाले भनेको छ, ‘ब्याट्री प्रणाली, थर्मल प्रणाली र सुरक्षा प्रणालीको परीक्षण हुनेछ ।‘
कम्पनीका अनुसार उसले प्रयोग गरेको ब्याट्री प्रणाली मापदण्ड अनुसारकै हो । यसको एआईए - १५६ को परीक्षणसमेत भएको छ भने भारतकालागि प्रस्तावित नयाँ मान्यता प्राप्त ब्याट्रि पनि हो । यो ब्याट्रिले यूरोपियन ईसीई- १३६ को मापदण्ड पनि पुरा गर्छ ।
तर, हालका दिनमा देशका कतिपय स्थानमा दुई पाङ्ग्रे साधनमा आगोलागीको समस्या आएको देखिएको छ । यस कारण बजारमा गइसकेका आफ्ना उत्पादन कम्पनीहरुले फिर्ता लिइरहेका छन् । यस्तै ईलेक्ट्रिक बाईकरस्कुटर उत्पादन गर्ने अर्को कम्पनी ओकिनावा अटोटेकले यसअघिनै ३ हजारभन्दा बढी यस्ता सवारी साधन फिर्ता गरिरहेको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।