भारतसँगको सीमाबाट नजिक पर्ने पर्साका १४ पालिकामा शान्तीपुर्ण मतदान

Share News

वैशाख ३०, पर्सा। वीरगञ्ज महानगरपालिका सहित पर्साका १४ पालिकामा आज मतदान भइरहेको छ । पर्सामा ४०७ ओटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गरिरहेका छन् ।
अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

निर्वाचनको सुरक्षाको लागि जिल्लाभरि ५ हजार १ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर मंगलबार मध्यरातिदेखि शुक्रबार मध्यरातसम्म भारतसँगको सीमाबाट आवागमन बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

 वीरगञ्जको श्रीपुरस्थित नेशनल ट्रेडिङ मतदान केन्द्रअगाडि मतदानका लागि लागेको भिड ।

 

 वीरगञ्जको आदर्शनगरपिस्थत बालमन्दिर मतदान केन्द्रमा मतदानको लागि लामवद्ध मतदाता  ।

 सवारी पास चेकजाँच गर्दै सुरक्षाकर्मी ।

सवारीका साधन नचलेपछि सुनसान बनेको वीरगञ्जको घण्टाघर क्षेत्र ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।