असार १५, काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डको नोक्सानी बढेको छ । योजनाले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त अवधिसम्म यो योजना रू. १६ करोड ३३ लाखभन्दा बढी नोक्सानीमा छ । वैशाख मसान्तसम्म योजना रू. ७ करोड २८ लाखभन्दा बढी नोक्सानीमा थियो ।
वैशाख महीनामा रू. १ करोड ८८ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ महीनामा रू. २ करोड ५ लाखभन्दा बढी खर्चिएको छ ।
जेठ मसान्तसम्म योजनाको प्रतिइकाइ खुद सम्पत्ति (न्याभ) मूल्य रू. ८ दशमलव ७५ रहेको छ । वैशाख मसान्तसम्म योजनाको यो मूल्य रू. ९ दशमलव ४८ रहेको थियो ।
योजनाको वित्तीय विवरण अनुसार मद्दती निक्षेपसहित धितोपत्रमा भएको लगानीको बजारमूल्य ९० करोड ८ लाख रहेको छ भने वैशाख समम यस्तो लगानी रू. ९६ करोड ६० लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू। १७ करोड ५० लाख लगानी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।