असार ३०, काठमाडौं । बिहीवार नेप्सेमा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ दशमलव ६१ कित्ता बोनस शेयर र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अब यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । मिथिला लघुवित्तले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी आरम्भ चौतारी लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ६२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।