भदौ १६, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन शुक्रवार रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेसँगै १८ गते शनिवार परेकाले भोलि शुक्रवार अर्थात् भदौ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले भदौ ३० गते साधारणसभा बोलाएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।