आरम्भ चौतारी लघुवित्तको कामु सीईओमा शिवप्रसाद ज्ञवाली नियुक्त

Share News

भदौ २६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी शिवप्रसाद ज्ञवालीलाई दिइएको छ ।  

भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले दिएको राजीनामा स्वीकृत गरी नायब कार्यकारी अधिकृत ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।