भदौ २९, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीवार हुने भएकाे छ । साधारणसभा काठमाडाैं बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहीवार बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
साधारणसभामा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएकाे छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।