आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा 

Share News

असोज ५,काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आज (बुधवार) देखि ५१ हजार ९९० कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रु.३९५ का दरले विक्री खुला गरेको हो । 

यस आधारमा प्रतिकित्ता रु. ३९५ वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।
 
यसमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।