सनराइज फर्स्ट फण्डको न्याभ रू. ११.१९

Share News

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज महीनाको वित्तीय विवरण मंगलवार (आज) सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । भदौ मसान्तसम्म रू. ११ दशमलव ३२ रहेकोमा असोजमा घटेर रू. ११ दशमलव १९ पुगेको छ ।

उक्त अवधिसम्म फण्ड  रू. ३ करोड ३३ लाख नोक्सानीमा छ । गत महीनामा फण्ड रू. २ करोड २२ लाख नोक्सानीमा थियो । 

असोज मसान्तसम्म फण्डको खर्च रू. ५० लाख १० हजार रहेको छ । उक्त खर्च गत महीनामा ३४ लाख ४३ हजार थियो ।

फण्डको वित्तीय विवरणअनुसार सूचीकृत शेयरमा लगानी पनि घटेको छ । भदौ महीनामा  लगानी रू. ५८ करोड ४२ लाख थियो भने असोजमा रू. ५७ करोड ५६ लाख  रहेको छ । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रू. १३ करोड लगानी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।