काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।
कम्पनीका आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।
सोहीअनुसार यस कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । आदर्श लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै असोज २३ गतेदेखि शेयर कारोबार रोक्का थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।