रिडी पावरसहित तीन कम्पनीको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । रिडी पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंगलवार रहेको छ । यी तीनओटैै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक गरेकाले आज अर्थात् माघ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो । 

त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ । सभा  मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । 
तारागाउँ रिजेन्सी होटल्सले  गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।