काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्दै छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । माघ १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पहिलोपटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।