ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम आज सोमवार

Share News

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज सोमवार रहेको छ ।

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरेसँगै फागुन १५ गते अर्थात् आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ ।  

सभा बेस्ट रिसोर्ट नेपाल प्रालि लेकसाइट पोखरामा बिहान ९ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आयोजना गरेको छ । सभा गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।