एनएमबि फिप्टीको सूचीकृत शेयरमा लगानी बढ्यो, न्याभ कति ?

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ८४ करोड ४ लाख लगानी गरेकोमा फागुन मसान्तसम्म बढेर रू. ८६ करोड ५ लाख पुगेको छ ।

त्यस्तै फण्डको न्याभ भने माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्म फण्डको न्याभ रू. ११ दशमलव ५१ रहेकोमा फागुन मसान्तसम्म घटेर रू. ११ दशमलव शून्य २ मा झरेको हो । फण्डले फागुन मसान्तसम्म रू. २ करोड ७९ लाख नोक्सानी व्यहोरेको छ ।

माघ मसान्तसम्म भने फण्डले रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्ड रू. ३ करोड ३१ लाख नाफामा थियो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. १ करोड ६ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।

मााघ मसान्तसम्म फण्डको जम्मा खर्च रू. १ करोड ५२ लाख रहेकोमा फागुन मसान्तसम्म बढेर रू. १ करोड ७३ लाख पुगेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।