चैतमा एनएमबि फिफ्टीले घटायो नोक्सानी

Share News

काठमाडौं । NMB Mutual Fund  अन्तर्गत संचालित एनएमबि फिफ्टीले फागुनको तुलनामा चैतमा नोक्सानी घटाएको छ । योजनाले सार्वजनिक गरेको चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण अनुसार फागुन मसान्तसम्म रू. २ करोड ७९ लाखभन्दा बढी रहेको नोक्सानी रकम चैत मसान्तसम्म घटेर रू. २ करोड ६ लाखमा झरेको हो ।

चैत मसान्तसम्म योजनाको प्राप्त भईसकेको Interest, Dividends तथा अन्य आम्दानी रकम बढेको छ । फागुन मसान्तसम्म रू. २ करोड ५२ लाखभन्दा बढी रहेको यो आम्दानी चैत मसान्तसम्म रू. २ करोड ६६ लाखभन्दा बढी भएको हो । चैत मसान्तसम्म योजनको प्राप्त भई नसकेको ब्याज तथा लाभांश आम्दानी रू. ३९ लाख १९ हजारभन्दा बढी छ । यो रकम फागुन मसान्तसम्म रू. ३८ लाख ३४ हजारभन्दा बढी थियो ।

धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले चैत मसान्तसम्म broker कमिसन सहित धितोपत्रमा गरको लगानीको परल मूल्य रू. १ अर्ब २८ करोड ३४ लाखभन्दा बढी रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको कुल लागतको तुलनामा बजार मूल्य कम रहेको हो । चैत मसान्तसम्मको अवस्थालाई हेर्दा योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. १ अर्ब १५ करोड ११ लाखभन्दा बढी मात्र रहेको छ ।

फागुन मसान्तसम्म रू. ११ दशमलव शून्य २ रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म रू. ११ दशमलव शून्य ७ पुगेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको इकाई धितोपत्र दोस्रो बजारमा समेत खरीद विक्री गर्न मिल्ने गरी सूचीकृत रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।