काठमाडौं । कृतिम बौध्दिकता ( Artificial intelligence) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्चा र आकर्षण रहेको क्षेत्र हो। Australia मा रहेका नेपालीलाई प्रविधी क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा करिअर विकासको अवसरसँग साक्षात्कार गर्ने हिसाबले सिड्नीमा AI को प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको छ। अष्ट्रेलियामा आइटी पढ्ने नेपाली विद्यार्थीको संख्या बढेसँगै नयाँ नयाँ अवसर र संभावना खोज्ने साथै परम्परागत भन्दा छुट्टै करिअर र व्यवसाय गर्नेहरूको संख्या बढेको छ। त्यसै क्रममा नेपालीहरूले सिड्नीको रकडेलमा संचालनमा ल्याएको कोडिङ बुटक्याम्प ‘डेण्टेड कोड’ले ह्याकाथनको आयोजना गरेको हो।
ह्याकाथनमा ‘Application Tracking’ गर्ने सफ्टवेयरमा कृतिम बौध्दिकताको अहिलेको बजारको माग अनुसारको प्रयोगलाई मुख्य विषय बनाईएको थियो। शनिबार र आईतबार दुई दिन चलेको ह्याकाथनमा सिड्नीमा बस्ने नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो। ह्याकाथनमा सहभागीहरूले जागिरका लागी निवेदन दिनेहरूको निवेदन व्यवस्थापन गर्ने प्रणाली बनाएका थिए। जसमा विद्यार्थीहरूले Biodata (रेजुम)मा रहेका जानकारीहरूबाट जागिरका लागी माग भएको अवसरसँग मेल गराउने, भर्ना प्रक्रियाका लागी उत्कृष्ठ बायोडाटा तयार पारिदिने, अन्तर्वार्ताका प्रश्नावली र तिनको जबाफ समेत तयार पारिदिने यापको खाका बनाएका थिए। अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरूकै लागी उपयुक्त हुने सुविधाको Application बनाउनका लागी विद्यार्थीहरूले चारवटा समुह बनाएर काम गरेका थिए।
ह्याकाथनमा रोशन लामा, ज्ञानु शेरचन, नारायण अर्याल र सुशिल बसौलाको समुह विजयी भएका थिए। ह्याकाथनमा बिजयीले पाँचसय डलर नगद पुरस्कार सँगै स्टार्टअपका रूपमा यसलाई अगाडी बढाउन डेण्टेडकोडबाट सहयोग पाउने छन्। यस्तो कार्यक्रमले आर्थिक पुरस्कार भन्दा पनि स्टार्टअप सुरू गरेर प्रविधिको क्षेत्रमा करिअर तथा व्यवसाय बढाउनमा सहयोग साथै उत्साह मिल्ने डेण्टेड कोडका ‘बिजनेस डेभेलोप म्यानेजर मदनमणि अधिकारी बताउँछन्। अष्ट्रेलियामा विद्यार्थीका रूपमा आएका धेरैले स्टार्टअप मार्फत राम्रो आर्थिक र व्यवसायिक सम्वृध्दि हासिल गरेका छन्।
ह्याकाथनमा निर्णायकका रूपमा रेबटेकका संस्थापक प्रेम आचार्य, बिलोङ टेक्नोलोजी सिटिओ प्रियंका ज्ञवाली, सिम्प्ली वाल स्ट्रिटका वरिष्ठ Software Engineer गेशन मानन्धर, र स्वाईपजब्सका फ्रण्टईण्ड ईंजिनियर विश्वास अधिकारीले विद्यार्थीहरूले तयार पारेको प्रोजेक्टको मुल्यांकन गरेका थिए। डेण्टेड कोडले आगामी दिनमा अझ धेरै नेपालीहरूलाई सहयोग हुने गरेर आईटीका थप कार्यक्रमहरु ल्याउने जनाएको छ। डेण्टेडकोडले अष्ट्रेलियामा आईटीको क्षेत्रमा करिअर बनाउन चाहनेहरूलाई तालिम साथै Career placement मा सहयोग गर्दै आएको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।