२५ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड

Share News

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ । 

पहिरो पन्छाएपछि  आज सांँझ ५ बजेर ५५ मिनेटमा   दुुईतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

शनिjfर सांँझ  ५ बजे  ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेको थियो ।

दुईओटा लोडर र एउटा एस्काभेटरले पहिरो पन्छाएर सडक दुईतर्फी खुलाईएको ट्राफिक प्रहरी  चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिए । 

पहिरो हटाएपछि दुईतर्फी रहेका सवारी साधनलाई गन्तव्य तर्फ पठाइएको उनले बताए । सोही स्थानमा गत बिहीवारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।