काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
साना किसान र आरएमडिसी लघुवित्त गाभिएपश्चात बनेको साना किसान विकास लघुवित्तको असार २४ गते बसेको सञ्चालक समिति बैठकले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।
अब कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्नेलगायत कार्यहरू सनराइज क्यापिटलबाट हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।