अरुण भ्याली हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दियो

Share News

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट  लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन २४ गते सेबोनमा निवेदन दिएको हो । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्कासन गर्नेछ ।  विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 
शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ ।
हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।