कुमारी ईक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वितरण गरे प्रतिफल

Share News

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले यस वर्षको प्रतिफल वितरण गरेका छन् ।

दुवै योजनाले यस वर्षको प्रतिफल सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गरेका हुन् ।  

गत आर्थिक वर्ष ०७९/८० को लागि कुमारी ईक्वीटी फण्डले करसमेत १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले करसमेत ६ प्रतिशत प्रतिफल वितरण गरेका छन् । 

प्रतिफल प्रयोजनका लागि दुवै योजनाले भदौ १८ गते बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम इकाईधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गरेका छन् । हालसम्म पनि हितग्राही खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र अद्यावधिक गराउनसमेत योजनाहरूले आग्रह गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।