काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात् बुधबारदेखि नेप्सेमा सो ऋणपत्र कारोबार गर्न सकिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।