भूगोल इनर्जीले पहिलो त्रैमासमा कमायो ५ लाख ८० हजार नाफा , प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा कम्पनी रू. ५ लाख ८० हजार नाफामा रहेको छ । गत आवको पहिलो त्रैमासम ाभने कम्पनी रू. १ करोड ६३ लाख नोक्सानीमा थियो ।

चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो । गत आवमा कम्पनीले विद्युत विक्री बाट रू. १ करोड १३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ करोड ६० लाख पुगेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ५४ करोड ४० लाख रहेको छ । पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष रू. १९ करोड २९ लाख ऋणात्मक रहेको छ । गत आवको पहिलो त्रैमासमा पनि जगेडा कोष रू. ११ करोड ८४ लाख ऋणात्मक थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ११ पैसा र प्रतिशेयर नेटवर्थ ६४ रुपैयाँ ५३ पैसा रहेको छ । 

रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।