हिमालयन ८०— २० ले कात्तिक मसान्तमा कमायो रू. २१ लाख नाफा

Share News

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०—२० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ असोजको तुलनामा कात्तिकमा केही बढेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९९ पैसा रहेकोमा कात्तिक मसान्तमा १० रुपैयाँ ०२ पैसा कायम भएको छ । 

यस फण्ड असोज मसान्तमा रू. ५ लाख ६२ हजार नोक्सानीमा रहेकोमा कात्तिक मसान्तमा रू. २१ लाख ९ हजार नाफामा गएको हो । कात्तिकमा आम्दानीमा वृद्धि भएसँगै फण्ड नाफामा गएको हो ।

असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. २८ लाख ८४ हजार रहेकोमा कात्तिकमा बढेर रू. ६८ लाख ९३ हजार पुगेको छ । 

त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ३ करोड ६६ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढेर रू. ४ करोड ९६ लाख पुगेको हो ।  

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।