भगवती हाइड्रोपावरले सार्वजनिक गर्‍यो चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण, कस्तो छ अवस्था ?

Share News

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ दशलमव ३८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड १७ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १ करोड ४२ लाखमा झरेको हो । 

चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको सञ्चालन खर्च रू. १ करोड ७ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ४८ लाख पुगेको हो । त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी गत आवमा रू. ३ करोड ८५ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ९० लाख पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ५७ करोड २० लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडामा रू. १२ करोड ७८ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा(वार्षिक), मूल्य आम्दानी अनुपात २९ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ  १२६ रुपैयाँ ३५ पैसा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।