एशियन लाईफ इन्स्योरेन्सको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

Share News

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत संस्था शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो ।

अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ । यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको हो । 

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले परिमार्जन गरेको शेयर अनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले परिवर्तित शेयर संरचना अभिलेख गरेको छ । जसअनुसार नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५ दशमलव १७ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३ दशमलव १० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९७२ दशमलव ०७ कित्ता (४९ प्रतिशत) कायम भएको नेप्सेको आजको निर्णयअनुसार अभिलेख गरिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।