काठमाडौं। एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारीअन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।
सामसङ नेपालले शुक्रवारदेखि नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महीनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस नि:शुल्क पाउने बताइएको छ ।
एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावना पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा उत्साहित भएको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।