काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी एस२४ सिरिज रिलिज गर्दै यो मोबाइल एआईको नयाँ युगमा प्रवेश गरेको बताएको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।
निर्देशक स्थापितले ग्यालेक्सी एस२४ एआईको साथ अल्ट्रा–पर्सनालाइज्ड अनुभव गरिने प्रकृतिको भएको बताए । ग्यालेक्सी एस२४ ले नेटिभ कल एपभित्र वास्तविक समय, दुईतर्फी कल अनुवादमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने बताइएको छ ।
यस सुविधाले अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि प्रयोगकर्ताको लागि १३ भाषामा अडियो र टेक्स्ट अनुवाद गर्ने बताइएको छ । विभिन्न कलर तथा स्टोरेज क्षमतामा रहेको यो मोबाइलको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँदेखि १ लाख ९९ हजार ९९९ सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।