चितवनमा यामाहाको ‘राइड आउट’ कार्यक्रम

Share News

चितवन। चितवनमा यामाहा कम्पनीको ‘राइड आउट’ कार्यक्रम भएको छ । नारायणगढ चितवन तथा नवलपरासीका लागि यामाहाको आधिकारिक विक्रेता नविन अटो सेन्टरले सो राइड आउट कार्यक्रम गरेको हो । ३७ जना सहभागी कार्यक्रम यामाहा शो–रुम नारायणगढबाट शुरू भएर विभिन्न ठाउँ परिक्रमा गरी कविलास रिसोर्टमा पुगी सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीबीच विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो । विजेतालाई यामाहा शो–रुम नारायणगढका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, मोरङ अटो वक्र्सका रिजनल सेल्स म्यानेजर राम बोगटी, एरिया सेल्स म्यानेजर मणिभूषण चौधरी, नारायणगढ शो–रुमका म्यानेजर राजु स्वर्णकार लगायतले पुरस्कार वितरण गरेका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।